कोरोना अपडेट : ब्राजिलको अवस्था भयावह, एकैदिन थपिए १९ हजार बढी संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी विश्वमा व्याप्त छ ।

विश्वमा यो समाचार तयार पार्दासम्म ५३ लाख ६ हजार २३५ जनालाई संक्रमण भएको छ भने ३ लाख ४० हजार ४७ जनाको मृत्यु भईसकेको छ ।

विश्वमा २१ लाख ६० हजार १५९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४४ हजार ५८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसको महामारी ब्राजिलमा भयावह बन्दै गएको छ ।

ब्राजिलमा शुक्रवार एकैदिन १९ हजार ९६९ जना नयाँ संक्रमित थपिएका छन् भने शुक्रवार नै ९६६ जनाको मृत्यु भएको छ ।

आज मात्रै त्यहाँ ६८ जनाको मृत्यु भईसकेको छ भने १ हजार ४९२ जना नयाँ संक्रमित थपिएका छन् ।

ब्राजिलमा अहिलेसम्म ३ लाख ३२ हजार ३८२ जनालाई संक्रमण भएको छ भने २१ हजार ११६ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै १ लाख ३५ हजार ४३० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?