कोरोनाको पछिल्लो टार्गेट बनेको मेक्सिकोमा शनिवार अहिले सम्मकै धेरैको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ४० हजार ३ जनाको मृत्यु भईसकेको छ भने ५३ लाख ३ हजार ९९२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २१ लाख ५८ हजार ५६२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४४ हजार ५८४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसको पछिल्लो टार्गेट बन्दै गएको मेक्सिकोमा आज अहिलेसम्मकै सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ ।

आज मात्रै त्यहाँ ४७९ जनाको मृत्यु भएको हो भने २ हजार ९६० जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा अहिलेसम्म ६ हजार ९८९ जनाको मृत्यु भईसकेको छ भने ६२ हजार ५२७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४२ हजार ७२५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

मेक्सिकोमा शुक्रवार मात्रै २ हजार ९७३ जना संक्रमित थपिएका थिए भने ४२० जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?