काठमाडौं । बारा र चितवनमा आज थप १ १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै बारामा जम्मा कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको स्वाब परीक्षणका क्रममा बाराको करैयामाई गाउँपालिकाकी ३७ वर्षीया महिलामा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै आजै भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला भरतपुरमा गरिएको स्वाब परीक्षणका क्रममा चितवनको भरतपुर ६ निवासी ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै चितवनमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।
मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रेहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा आज विहान (शनिवार) ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५४८ पुगेको छ । अहिलेसम्म ७० जना उपचार पछि निको भएका छन् भने ३ जनाको मृत्यु भईसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया