कपिलवस्तुका थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कपलवस्तुमा आज मात्रै ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको स्वाब परीक्षणमा एकैपटक ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज भेटिएका संक्रमितहरु कपिलवस्तु वाणगंगा नगरपालिकाका वर्ष १७, १९, २२, २९, ३५, ४० र ४२ का पुरुष तथा २७ वर्षीया महिला रहेका छन् ।

मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रेहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा आज विहान (शनिवार) ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५४८ पुगेको छ ।

अहिलेसम्म ७० जना उपचार पछि निको भएका छन् भने ३ जनाको मृत्यु भईसकेको छ ।

No photo description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?