काठमाडौं । रुपन्देहीमा आज मात्रै ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा जम्मा संक्रमितको संख्या अहिलेसम्म ३७ रहेको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा आज एकैपटक ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज भेटिएका संक्रमितहरु रुपन्देही गैडहवा र रोहिणी गाउँपालिकाका वर्ष २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षका पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रेहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा आज विहान (शनिवार) ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५४८ पुगेको छ ।
अहिलेसम्म ७० जना उपचार पछि निको भएका छन् भने ३ जनाको मृत्यु भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया