देउवा नेतृत्वको सरकारले गरेका सबै निर्णयहरु उल्ट्याउँदैनौं : अधिकारी

काठमाडौँ, २ फागुन- नेकपा एमालेका नेता एवम् प्रदेश नम्बर ३ का सांसद डा. रामकुमार अधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारले देउवा नेतृत्वको सरकारले गरेका सबै निर्णयहरु नउल्टाउने स्पष्ट पारेका छन् उनले भने,‘सरकार भनेको पार्टीको हुँदैन्, यो त देश र जनताको हो नि, देउवा नेतृत्वको सरकारले गरेका राम्रा कामहरुलाई निरन्तरता दिन्छौं, सरकारले गरेका निर्णयहरु किन उल्टाउनुपर्यो र ?’यद्धपी उनले कतिपय निर्णयहरु उल्टाउनुपर्ने केही भए ती निर्णयहरुबारे जष्टिफाई हेरिनेपनि जनाए । अधिकारीले थपे,‘जनउपयोगी र लोककल्याणकारी निर्णयहरुलाई निरन्तरता दिन्छौं, सरकार त नेपाल देशको हो नि, राम्रा निर्णयहरुलाई कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत मान्यता हो।’ अधिकारीले राजनीतिक रुपमा अब बन्ने सरकारलाई आर्थिक असर पार्ने उद्देश्यले वा नियतले गरेका निर्णयहरुमा भने नयाँ सरकारले पूनरावलोकन गर्न सक्ने बताए एमाले–माओवादीवीचको एकताले मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउने भएकोले एकताप्रति सबै जनता खुशी रहेको उनको विश्वास थियो । उनले भने,‘दुई पार्टीवीचको एकताले राजनीतिक अस्थिरताको अन्त्य समेत गरेको छ, अब सरकार दिगो हुन्छ, विकास निर्माणका कामहरुले गति लिन्छन्, मुलुकलाई समृद्ध बनाउने नै हाम्रो मुल उद्देश्य हो।’डा. अधिकारीले ओली नेतृत्वको सरकारले मुलुकमा विकास र समृद्धिको बहार ल्याउने र मुलुकको कायापलट गर्ने समेत विश्वास दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?