सहकारीलाई ५ अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी

विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाका कारण कृषि उत्पादनमा आधारित सहकारी क्षेत्रहरूलाई ५ अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी भएको छ ।
उत्पादनले बजार नपाउँदा र औषधि उपचारको व्यवस्था नहुँदा सहकारीले गरेका उत्पादन कृषकका बारीमा र बाटोमा नै नष्ट भएका छन् ।
त्यस्तै, बन्दाबन्दीका कारण बचत संकलन, कर्जा असुली तथा कर्जा विस्तार पनि हुन सकेको छैन ।
फलस्वरूपः सहकारीहरूमा तरलताको समस्या बढेको सहकारी विभागका रजिस्ट्रार डा. टोकराज पाण्डेले बताए । नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?