अब भ्रष्टाचारी १४ वर्षसम्म जेल बस्नुपर्ने

पदीय दुरुपयोग गरी भ्रष्टाचार गर्ने र अकूत सम्पत्ति कमाउनेमाथि १४ वर्षसम्म जेल सजाय हुनेगरी नयाँ कानुनी व्यवस्था ल्याउन प्रस्ताव गरिएको छ ।
हालको भ्रष्टाचार निवारणसम्बन्धी ऐनमा जतिसुकै भ्रस्टाचार गरेपनि बढीमा ८ देखि १० वर्षसम्म मात्रै कैद हुने व्यवस्था छ ।
अब भने १० करोड बढी भ्रष्टाचार गरेमा १४ वर्षसम्म कैद र बिगोबराबरको जरिवाना हुने खबर राजधानी दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?