प्रदेश नम्बर २ का प्रहरी प्रमुखसँग स्पष्टीकरण माग

रौतहटको राजपुर, फरदहवादमा बिहीबार राति सुरक्षाकर्मी र स्थानीयबीच भएको झडप र हवाइ फायर गरिएका सम्बन्धमा क्षेत्राधिकार बाहिरका प्रहरी अधिकृत खटाएको भन्दै आईजीपी ठाकुरप्रसाद ज्ञवालीले प्रदेश २ का प्रहरी प्रमुख धीरजप्रताप सिंहलाई स्पष्टीकरण सोधेका छन् ।
ज्ञवालीले शुक्रबार सिंहसँग मौखिक मौखिक स्पष्टीकरण सोधेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
रौतहट प्रहरी, घटनास्थल नजिकैको प्रहरी युनिटसमेतलाई जानकारी नदिइ सिंहले व्यक्ति हत्या आरोप लागेका मेहेताव आलमलाई पक्राउ गर्न प्रहरी परिचालन गरेका थिए । सो क्रममा झडप र हवाइ फायर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?