फागुन ४ भित्र मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुखको आहृवान

धनगढी, २ फागुन । ७ नं. प्रदेशका प्रमुख मोहनराज मल्लले मुख्यमन्त्री चयनका लागि सांसदहरुलाई आह्वान गरेका छन् मल्लले फागुन ४ गते दिउँसो ११ बजेभित्र बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेशसभाका सांसदहरुलाई आह्वान गरेका हुन् प्रदेशप्रमुख कार्यालयका निमित्त सचिव हिरालाल चौधरीले बुधबार मुख्यमन्त्री चयनका लागि आवश्यक बहुमत कुनै पार्टीको नपुगेकाले बहुमत सांसदको समर्थन लिएर मुख्यमन्त्री दाबी गर्न आउन सांसदहरुलाई पत्र लेखेका छन् प्रदेश ७ मा ५३ सांसद रहेकामा सबैभन्दा बठूलो दल नेकपा एमालेको २५ सिट र नेकपा माओवादी केन्द्रको १४ सिट रहेको छ । यी दुई दल मिल्दा सरकार गठनका लागि आवश्यक बहुमत पनि पुग्ने छ माओवादीका संसदीय दलको नेता त्रिलोचन भट्ट मुख्यमन्त्रीको दाबेदार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?