मनिषा कोइरालाबारे टिप्पणी गर्ने शुष्मा स्वराजका पतिलाई गगन थापाले लेखे यस्तो पत्र

काठमाडौं । कांग्रेस नेता गगन कुमार थापाले अभिनेत्री मनीषा कोइरालाले नेपाल–भारत सीमाको बारेमा गरेको ट्विटको सम्बन्धमा मिजोरम भारतका पूर्व गभर्नर तथा स्व सुष्मा स्वराजका पति स्वराज कौशलले व्यक्त गरेको धारणाका सन्दर्भमा एक पत्र लेखेका छन् ।

पत्रमा थापाले लिम्पियाधुरा नेपालको भूमि रहेको स्पष्ट पार्दै मनिषाले राखेको धारणा तथ्यसंगत भएको उल्लेख गरेका छन् ।

यस्तै मनिषालाई चीनको इशारामा चलेको भनेर लगाइएको आरोप निराधार रहेको पनि थापाले उल्लेख गरेका छन् ।

थापाले सरकारका कतिपय कामकारबाहीमा प्रतिपक्षी दलको नाताले असहमित रहेको भएपनि सीमाको सन्दर्भमा सबै एकताबद्ध रहेको उल्लेख गरेका छन् ।

दुई देशबीचको सम्बन्ध ठूलो सानो नभनी समानरुपमा हुन पर्नेमा थापाले जोड दिएका छन् ।

यअसघि कौशलले मनिषाको ट्वीटको जवाफमा थुप्रै ट्वीट गरेका थिए । उनले आफ्नो ट्वीटमा मनिषाको परिवारसँग निकटता रहेको र उनको फिल्मी करियरको समेत स्मरण गरिएको छ । तर चीनको इशारामा मनिषा नाचेको सवालमा भने उनको असन्तुष्टि ट्वीटमा देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?