कोरोना विश्व अपडेट: ४५ हजार बढी मानिसको अवस्था गम्भीर, कति पुगे मृतक र संक्रमित ?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण हालसम्म विश्वभर ३ लाख ३७ हजार १३ जना मानिसको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ५२ लाख ५८ हजार ९ सय ५२ जना मानिसमा कोरोना संक्रमण फैलिएको छ । त्यस्तै संक्रमितमध्ये ४५ हजार २ सय १२ जना मानिसको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने २१ लाख २४ हजार ३ सय ७२ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९ )को असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ९६ हजार ७ सय ६७ जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ । बितेको २४ घण्टामा मात्र ८ हजार २ सय ७४ जना मानिस कोरोना संक्रमित थपिएसँगै अमेरिकामा कुल संक्रमितको संख्या १६ लाख २९ हजार १ सय ७६ पुगेको छ । हालसम्म ३ लाख ८४ हजार ३ सय ७१ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ४१३ जनाको ज्यान गएको छ । त्यस्तै संक्रमितमध्ये १७ हजार ६ सय ८१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

रसियामा बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ५० जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ ३ लाख २६ हजार ४ सय ४८ जना मानिसमा संक्रमण फैलिएको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ ८ हजार ८ सय ९४ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म रसियामा ९९ हजार ८ सय २५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने हालसम्म त्यहाँ ३ हजार २ सय ४९ जना मानिसले कोरोना संक्रमणको कारण ज्यान गुमाइसकेका छन् ।

त्यस्तै ब्राजिलमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण २० हजार २ सय ६७ जना मानिसले ज्यान गुमाइसकेका छन् । बितेको २४ घण्टामा ३ हजार ८ सय ४८ जना मानिसमा कोरोना संक्रमण देखिएसँगै कुल ३ लाख १४ हजार ७ सय ६९ पुगेका छन् । हालसम्म त्यहाँका १ लाख २५ हजार ९ सय ६० जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जना मानिसको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण २७ हजार ९ सय ४० जना मानिसको ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म २ लाख ८० हजार १ सय १७ जना मानिस कोरोना संक्रमणको शिकार भइसकेका छन् । हालसम्म १ लाख ९६ हजार ९ सय ५८ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएको अवस्थामा संक्रमित मध्ये १ हजार १ सय ५२ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ३६ हजार ३ सय ९३ जना मानिसको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ३ हजार २ सय ८७ जना मानिसको कोरोना संक्रमण देखिएसँगै २ लाख ५४ हजार १ सय ९५ जना मानिसमा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये १ हजार ५ सय ५९ जना मानिसको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ३२ हजार ६ सय १६ जना मानिसको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म इटालीका २ लाख २८ हजार ६ सय ५८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण १३० जनाले ज्यान गुमाइसकेको र ६ सय ५२ जना मानिसमा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ । हालसम्म त्यहाँ १ लाख ३६ हजार ७ सय २० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने ५ सय ९५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै फ्रान्समा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण २८ हजार २ सय १५ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । हालसम्म १ लाख ८१ हजार ८ सय २६ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै ६३ हजार ८ सय ५८ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये १ हजार ७ सय ४५ जना मानिसको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै जर्मनीमा हालसम्म कोरोना संक्रमणको कारण ८ हजार ३ सय २५ जना मानिसको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ १ लाख ७९ हजार ४ सय १० जना मानिसमा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ ३ सय ८९ जना मानिसमा कोरोना संक्रमण देखिएको र १६ जनाको कोरोनाको कारण मृत्यु भएको छ । हालसम्म १ लाख ५९ हजार मानिस कोरोना उपचार पछि निको भएर घर फर्किएको अवस्थामा १ हजार १६ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै टर्कीमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४ हजार २ सय ७६ पुगेको छ । भने १ लाख ३१ हजार ६ सय ५२ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र ९ सय ५२ जना मानिसमा कोरोना संक्रमण देखिएको र २७ जनाले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?