त्रिवि शिक्षण अस्पतालमा अर्का कोरोना संक्रमित भेटिए

काठमाडौं । राजधानीको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको परिसरको मनमोहन कार्डियो एन्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीमा शुक्रबार कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार मकवानपुरकी ५४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएको थियो । तिनै महिला टिचिङस्थित मनमोहन कार्डियो एन्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत रहेको पाइएको हो ।

सेन्टरका कोभिड–१९ म्यानेजमेन्ट टिमका संयोजक रञ्जन सापकोटाले मुटुको समस्या रहेकी महिलालाई गत आइतबार अस्पताल भर्ना गरिएको थियो । उनमा कोराना टेस्ट गर्दा पोजेटिभ पाइएको हो । अहिले बिरामीलाई आइसियूमा सार्ने तयारी भएको छ ।

यसअघि टिचिङमा एक बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । भने त्रिविमै डेलिभरी गराएकी सिन्धुपाल्चोककी सुत्केरीमा पनि कोरोना पुष्टि हुनुका साथै मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?