आजका मनछुने दुई तस्बिरः जो कोरोना जितेर घर फर्किए

काठमाडौं । शुक्रबार एकै दिन २१ जना उपचारपछि निको भएर डिस्चार्ज भए । शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालबाट नेपालगञ्ज उपमहानगरपालिका ८ का २१ जना डिस्चार्ज भएका हुन् । डिस्र्चाज हुनेहरुमा ९ जना महिला र १२ जना पुरुष रहेका छन् । १ देखि ६० वर्षउमेर समूहका उनीहरु १७ देखि २० औं दिनमा निको भएर डिस्चार्ज भएका हुन् ।

उनीहरुमध्ये डिस्चार्ज भएका एक बालक र बालिकाको तस्बिर आज दिनभर सामाजिक सञ्जालमा छाए । उनीहरु मुखमा मास्कमा हातमा बुकीसहित झोला बोकेर घर फर्किएका छन् । उनीहरुलाई धेरैले सुस्वास्थय र दीर्घायुको कामनासहित शुभकामना दिइरहेका छ्न।

 

तस्बिरः सामाजिक सञ्जाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?