२०७७, ९ जेष्ठ शुक्रबार २३:३५

कोरोनाको त्रासकै बीच यहाँ यसरी खेलिँदैछ क्रिकेट


प्रकाशित मिति : २०७७, ९ जेष्ठ शुक्रबार २३:३५

काठमाडौं । कोरोना भाइरस महामारीका बाबजुद आजबाट पूर्वी क्यारेबियन देश सेन्ट भिन्सेन्ट र द ग्रेनेडाइन्समा भिन्सी प्रिमियर टी–१० लिग प्रतियोगित (विपिएल) सुरु हुँदैछ ।
यो ३१ मेईसम्म खेलिनेछ । यस प्रतियोगितामा दर्शक पनि खेल हेर्नका लागि आउन पाउनेछन् ।

प्रतियोगितामा सबै ६ टिमले १० दिनमा २८ खेल खेल्नेछन् । हरेक दिन ३ म्याच खेलिनेछ । फ्यानकोड एपमार्फत नेपाली समयअनुसार साँझ ६ बजेर १५ मिनेट जाँदा खेलको प्रत्यक्ष प्रशारण सुरु हुनेछ ।
६ वटा टोलीबाट खेल खेलमा ७२ जना खेलाडी सहभागी छन् । यसका लागि ११ मेइमै लिलामी प्रक्रिया टुंगिएको थियो । लिगमा वेस्टइन्डिजका सुनिल अम्बरीस, केसरिक विलियम्स र ओबेड म्याकाय समेत ६ अन्तर्राष्ट्रिय खेलाडी सहभागी हुनेछन् ।

कोभीड–१९ महामारीका कारण प्रतियोगितामा बललाई चम्काउनका लागि थुक र पसिनाको प्रयोगमा प्रतिबन्ध हुनेछ । भर्खरै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्रिकेटमा थुकको प्रयोगमा रोक लगाउन सिफारिस गरेको थियो ।

प्रतियोगितामा सबै टिमका लागि अलग्गै ड्रेसिङ रुमको व्यवस्था हुनेछ । आयोजक सेन्ट भिन्सेन्ट तथा ग्रेनेडाइन्स क्रिकेट एशोसियसन (एसभिजिए) का अध्यक्ष किशोर शालोका अनुसार खेलाडीलाई हात सेनिटाइज गर्नका लागि छोटो ब्रेकको व्यवस्था हुनेछ । यद्यपी, खेलाडीले खेलका दौरान समर्थकसँग भेट्न भने पाउने छैनन् ।

शालोका अनुसार दर्शकमाथि रंगशाला छिर्न प्रतिबन्ध छैन । तर उनीहरुलाई टाढा–टाढा राख्ने व्यवस्था मिलाइएको छ । ‘कोरोना भाइरस फैलिरहेको समय यो म्याच भइरहेको छ । यस्तोमा रंगशालामा धेरै दर्शक आउने आशा छैन । हामीले आएका दर्शकहरुलाई टा–टाढा राख्ने व्यवस्था गरेका छौं,ग्́ शालोले भने ।

प्रतिक्रिया दिनुहोस