हालसम्म कुन जिल्लाका कति कोरोना संक्रमित निको भए ? (विवरणसहित)

काठमाडौं । नेपालमा ५१७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि हुँदा ७० जना निको भएर घर फर्किएका छन् । निको हुनेमा पर्साका ३, रुपन्देहीका १, उदयपुरका सर्वाधिक २३ जना रहेका छन् ।
यसैगरी बाँकेका २१ जना निको भएका छन् । उनीहरु शुक्रबारमात्रै कोरोना जितेर घर फर्किएका हुन् । यस्तै काठमाडौंका ९, कैलालीका २, रौतहटका १, बागलुङका २ र चितवनका २ जना निको भएका छन् ।
यसैगरी झापाका पनि २ जना निको हुँदा भोजपुर र कञ्चनपुरका १–१ जना निको भएका छन् । यसैबीच आजमात्रै विभिनन जिल्लामा गरेर ५९ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म कोरोनाबाट ३ जनाको मृत्यु समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?