भारतमा भयावह भन्दै कोरोना, नेपाल पनि प्रभावित

काठमाडौं । दक्षिणी छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । भारतमा शुक्रबारसम्म १ लाख २४ हजार ७३ जनामा संक्रमण देखिएको छ भने ३ हजार ७०७ जनाको मृत्यु भइसकेको छ ।

शुक्रबार मात्रै भारतमा ५ हजार ८४७ जना संक्रमित थपिएका छन् भने एकैदिन १२३ को मृत्यु भएको छ ।

भारतमा अहिलेपनि ६९ हजार बढीको उपचार भइरहेको छ ।

नेपालसँगको खुला सीमाना र नेपालीहरु धेरै भारतमा कार्यरत हुँदा नेपाल समेत प्रभावित बनेको छ । भारतीय सीमाबाट नेपालीहरु भारतबाट आउँदा कतिपयमा कोरोना संक्रमण पुष्टि भएको छ । अधिकांश संक्रमित भारतसँग सीमा जोडिएका जिल्लाका रहेका छन् । नेपालमा शुक्रबारसम्म ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?