विश्वभर साढे ५२ लाख बढीमा कोरोना संक्रमण, कतिको भयो मृत्यु

काठमाडौं । विश्वभर भयावह बनेको र अहिलेसम्म औषधिको पत्ता नलागेको कोरोनाभाइरसले अहिलेसम्म ३ लाख ३६ हजार बढीको मृत्यु भइसकेको छ भने लाखौको अहिलेपनि उपचार भइरहेको छ ।
शुक्रबार रातिसम्म ५२ लाख ५३ हजार बढीमा यसको संक्रमण देखिएको छ । यस्तै अहिलेसम्म २१ लाख २१ हजार बढी निको भएर घर फर्किँदा अहिलेपनि ४५ हजार बढीको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

यो भाइरसको संक्रमणबाट अमेरिकामा सबैभन्दा धेरै ९६ हजार ७६७ को ज्यान गएको छ । नेपालमा समेत ३ जनाले ज्यान गुमँएको यो भाइरसबाट ५१७ जना संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?