अमेरिकामा शुक्रबारमात्रै ८ हजार बढी नयाँ संक्रमित

काठमाडौं । अमेरिकामा शुक्रबारमात्रै ८ हजार २७४ बढी संक्रमित फेला परिसकेका छन् । यस्तै ४१३ जनाको मृत्यु हुदा अझै अध्यावधिक जानकारी आउने क्रम जारी छ ।  अमेरिकामा अहिलेसम्म १६ लाख २९ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने अहिलेपनि साढे १७ हजार जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

विश्वभर भयावह बनेको र अहिलेसम्म औषधिको पत्ता नलागेको कोरोनाभाइरसले अहिलेसम्म ३ लाख ३६ हजार बढीको मृत्यु भइसकेको छ भने लाखौको अहिलेपनि उपचार भइरहेको छ ।
शुक्रबार रातिसम्म ५२ लाख ५३ हजार बढीमा यसको संक्रमण देखिएको छ । यस्तै अहिलेसम्म २१ लाख २१ हजार बढी निको भएर घर फर्किँदा अहिलेपनि ४५ हजार बढीको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?