नेपालमा कोरोनाको ४ महिना : बढेको बढ्यै संक्रमित, एकैदिन ५९ जनामा कोरोना पुष्टि

काठमाडौं – नेपालमा गत वर्ष माघ ९ गते चीनबाट आएका एक युवकमा कोरोना पुष्टि भएको थियो ।

आज जेठ ९ गते आईपुग्दा संक्रमण बढेर ५ सय १६ जना मानिस संक्रमित भएका छन् । नेपालमा पहिलो कोरोनाभाइरस संक्रमित फेला पर्दासम्म कोरोना चेकजाँच नेपालका लागि नौलो थियो ।

ती युवाको स्वाब परीक्षणका लागि हङकङ पठाइएको थियो ।

त्यसयता अब कोरोना संक्रमतिको उपचारका लागि पूर्वाधारको विकास र सरकार नागरिकको ज्यान जोगाउने गरी क्रियाशिल रहेको बताएपनि अहिले पनि क्वारेन्टाईनमा बसेकाहरुबाट संक्रमण पुष्टि हुने तथा फैलने भइरहेको छ ।

संक्रमणको पूरा ४ महिना बित्दा ३ जनाको मृत्यु भइसकेको छ भने संक्रमित बढेको बढ्यै छन् ।

समयमा नै अन्तर्राष्ट्रिय उडान नरोकिनु, विमानस्थलमा चेकजाँच कडाई नहुनु, खुल्ला सीमाबाट रातारत मानिसहरु नेपाल भित्रनु, संक्रमित आशंकामा रहेकाको परीक्षणमा ढिलाई, कन्ट्याक ट्रेसिङमा ढीलाई, कतै क्वारेन्टाईनको अभाव, कतै व्यवस्थित क्वारेन्टाईन निर्माण हुन नसक्नु, आईसोलेसनमा उचित उपचार नपाउनु, पर्याप्त पूर्वाधार विकास र विस्तार, राहत वितरणमा समस्या हुनु।

लकडाउनको पूर्ण पालना र निगरानीमा समस्या, कतिपय ठाउँमा किटको नै अभाव हुनु मास्कको अभाव लगायतका समस्याले झनै जटिल परिस्थिती सिर्जना गरेको छ ।

कोरोनाको संक्रमण पुष्टि भएयता ४ महिना बितेको छ ।

नेपालमा एकैदिन थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५१६ पुगेको छ । शु्क्रबार राति मकवानपुरका १, भक्तपुरका १, सप्तरीका र बाराका ६ जना गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको भएसँगै एकदिन ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यसअघि विहान ३० र स्वास्थ्य मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङ मा २० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ५१६ पुगेको छ । संक्रमित मध्ये ७० जना कोरोना उपाचारपछि निको भएर घर फर्किएका छन् भने ३ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ८ सय १९ जनाको नमुना परीक्षण भएको छ । आरडिटी विधिबाट ३ हजार ४ सय २१ जनाको परीक्षण भएको छ । अहिलेसम्म पिसिआर विधिबाट ४२ हजार ४ सय ८८ र आरडिटी विधिबाट ८२ हजार १ सय १६ जनाको नमुना परीक्षण भएको छ ।

प्रदेश नम्बर १ मा ९ हजार ९ सय २०, प्रदेश नम्बर २ मा ६ हजार २ सय ९५, बागमती प्रदेशमा १९ हजार ९३ र गण्डकी प्रदेशमा ७ हजार १८ जनाको आरडिटी परीक्षण भएको छ । यसैगरी प्रदेश नम्बर ५ मा ११ हजार ४ सय ८१, कर्णाली प्रदेशमा ८ हजार ६ सय १ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ७ सय ८ जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

यसैगरी प्रदेश नम्बर १ मा ५८ जना, प्रदेश नम्बर २ मा १ सय ५५, बागमती प्रदेशमा १८ र गण्डकी प्रदेशमा ३ जना आइसोलेसनमा उपचाररत रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा २ सय ३ जना, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ५ गरी ४ सय ३३ जना संक्रमित आइसोलसनमा उपचाररत रहेको प्रवक्त देवकोटाले बताए ।

प्रदेश नम्बर १ मा १ हजार ४ सय १४, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ६, बगमती प्रदेशमा ४ सय ७८ र गण्डकी प्रदेशमा ६ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १५ हजार ९ सय ८९, कर्णाली प्रदेशमा ७ सय ३५ र सुदूरपश्चिमा २ हजार ६ सय २९ गरी देशभरी २७ हजार ८ सय २९ जना क्वारेन्टाइनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?