शेरधन राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त, भोलि सपथ

विराटनगर, २ फागुन । नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता शेरधन राई मुख्यमन्त्रीमा नियुक्त भएका छन् पूर्व सूचना तथा सञ्चारमन्त्री समेत रहेका राईलाई प्रदेश प्रमुख डा.गोविन्द सुब्बाले मुख्यमन्त्री नियुक्त गरेका हुन् संविधानको धारा १६८ को उपधारा १ अनुसार प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलका नेता मुख्यमन्त्रीमा नियुक्त हुने प्रावधान रहेको छ । सोहीअनुुसार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो एमालेले राईको नेतृत्वमा सरकार गठन गर्न सोमबार आफ्नो दाबी प्रस्तुत गरेको थियो । ९३ सदस्यीय प्रदेशसभामा एमालेको एकल बहुमत छ । एमालेका ५१ सांसद रहेका छन् राईले भोलि बिहीबार विराटनगरमा पद तथा गोपनियताको शपथ लिने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?