नेपाली सेनाका महासेनानीलाई २ महिना कैदको फैसला, अन्यमाथि यस्तो कारवाही

काठमाडौं । नेपाली सेनाले ३ सैनिक अधिकृतसहित ५ जनालाई कारबाही गरेको छ । समरी जनरल सैनिक अदालतबाट सैनिक आवासीय महाविद्यालय, भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा उनीहरुलाई सैनिक ऐन २०६३ बमोजिम कारवाही गरिएको सेनाले जनाएको छ ।

सहायक रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको गत २०७६ फागुन २३ गतेको राय सहितको प्रतिबेदनको आधारमा तत्कालिन सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारी सहित १८ जनाको मुद्दा पुर्पक्ष गर्न उपरथीको अध्यक्षतामा २०७६ चैतमा गठित समरी जनरल सैनिक अदालतबाट शुक्रबार फैसला सुनाइएको छ ।

महासेनानी भुपालमान अधिकारीलाई २ महिना कैद एक करोड पचासी लाख चालीहजार एकसय आठ रुपैया एघार पैसा असुल उपर गर्ने फैसला भएको छ ।

यस्तै प्रमुख सेनानी देव बहादुर क्षेत्रीलाई दुई बर्ष बढुवा

रोक्का गर्ने र चारलाख चालीस हजार असुल उपर गर्ने निर्णय भएको छ ।

यसैगरी हुद्धा यज्ञराज पोखरेललाई तीन लाख साठी हजार, हुद्धा गणेश बहादुर अधिकारीलाई दश हजार जरिवाना गर्ने निर्णय हुँदा लेखा आ सह सेनानी सुरेन्द्र विक्रम भण्डारीलाई पनि नसिहत दिइएको छ ।

साथै सोही मुद्धामा अन्यले सफाइ पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?