२०७८,असार,८,मंगलवार

प्रदेश १ मा ४० हजार बढीको पिसिआर परीक्षण हुने


विराटनगर । प्रदेश नं १ मा ४० हजार बढी नागरिकको पिसिआर परीक्षण हुने भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा आज बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड-१९ को परीक्षण कार्ययोजना स्विकृत समेत गरेको छ । भारतबाट स्वदेश फर्कने नेपालीनागरिकहरु र प्रदेश भित्र कोभिड-१९ संक्रमितपहिचानको लागि परीक्षणको दायरा बढाउन लागिएको हो । दैनिक एक हजारका दरले पिसिआर परीक्षण गर्न लागिएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए ।

स्वीकृत भएको कार्ययोजनाले स्वाब परीक्षणका लागिजिल्लाहरुको वर्गिकरण समेत गरेको छ । उच्चजोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमावर्गिकरण गरिएको छ । उच्चजोखिम क्षेत्रमा १ प्रतिशत, जोखिम क्षेत्रमा ०.७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामाकुल जनसंख्याको ०.५ प्रतिशतनागरिकको कोरोना परीक्षण गर्न लागिएको हो । हालप्रदेश १ मा चार हजार एक सय बढीको पिसिआर परीक्षण भइसकेको छ ।

कोभिड—१९ को नियन्त्रण, उपचार व्यवस्थाको लागिअहिले सञ्चालनमा रहेका बेड क्षमताहरुको समेत बृद्धि गरिने भएको छ । यसका लागि कोशि कोभिड अस्पताल १ सय, झापामा २ सय, पूर्वाञ्चल विश्वविद्यालय गोठ गाउँ २ सय, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ३ सय, कृष्णदास आश्रम बराहश्रेत्र २ सय र नेपाली सेना इटहरीमा ५० गरी थप८ सय ५० बेड थपिने भएको छ ।

यसै बीच प्रदेश मा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरुको व्यवस्थापन गर्र्ने संयुक्त कार्ययोजना समेत स्विकृत गरिएको छ । स्विकृत कार्ययोजना अनुसार ईलाम, झापा, मोरङ्ग र सुनसरी जिल्लामा होल्डिङ्ग एरिया पहिचान गरी निर्माण समेत थालिएको छ । होल्डिङ्ग एरियामा१५ हजार बेड संख्याबन्ने भएको छ । ईलाममा २ हजार, झापामा ४ हजार, मोरङ्गमा ५ हजार र सुनसरी जिल्लामा ४ हजार बेडतयार हुनथालेका छन् । यतिबेलायीजिल्लाका १० ठाउँमा ११ सय ३ वटा बेड बनिसकेका छन् ।

प्रकाशित मिति: २०७७,जेष्ठ,९,शुक्रवार १९:३२


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाले दुई दिन

काठमाडौं । दक्षिण कोरियाली कम्पनी एसके बायोसाइन्सले विश्वव्यापी खोप उत्पादनको केन्द्र बन्नेगरी काम सुरु गरेको छ । एसके बायोसाइन्सले उत्तर

काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा कोरोना सङ्क्रमितको संख्या सत्र करोड ८७ लाख ८८ हजार २४७ जना

काठमाडौं । नेपालमा कोरोना विरुद्धको खोपको परीक्षण गर्न बाटो खुलेको छ । नेपाल सरकार मन्त्रिपरिषदको सोमवार बसेको बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण

सेनाद्वारा काठेपुल निर्माण
 २०७८,असार,८,मंगलवार १६:२४