हेर्नुहोस् २०७७ साल जेठ १० गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ जेठ १० गते । शनिवार । इ.स.२०२० मे २३ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण ।

ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । जेष्ठ शुक्लपक्ष । तिथी– प्रतिपदा,२३ बजेर ५५ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– रोहिणी,२८ बजेर ५० मिनेट उप्रान्त मृगशिरा । योग अतिगण्ड,०७ बजेर ०६ मिनेट उप्रान्त सकर्मा ।

करण– किंस्तुध्न,११ बजेर ३२ मिनेट उप्रान्त बव,२३ बजेर ५५ मिनेट उप्रान्त बालव । आनन्दादिमा–श्रीवत्स योग ।

चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय ६ बजेर १३ मिनेटमा, सूर्यास्त १८ बजेर ४९ मिनेटमा । दिनमान ३४ घडी ०० पला । दशहरा स्नान सुरु। गोसाइँकुण्डमा स्नान आरम्भ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बोलेको कुरा पुर्याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईको आलोचना हुनेछ । पढाई लेखाईमा आत्तिने बानिले नतिजा आफ्नो पक्षमा पार्न मुश्किल पर्नेछ ।

परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुरेपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा केहि असन्तुष्टि मिलाउँदै बढ्न सकिनेछ । व्यापारमा मन्दी आउनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

मिष्ठान्न भोजन,उत्तम वस्त्र तथा उपहार हात लाग्ने योग रहेको छ । बोलिको प्रभाव बढ्नेछ । कार्यक्षेत्रमा तपाईको कामदेखेर सबैजना प्रशन्न हुनेछन् ।

प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्नीबीच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । तर पनि समय मध्यम रहेकोले बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । कामगर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ ।

काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । माया प्रेममा नजिक हुन केही समय पर्खनु पर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अध्ययन तथा अनुसन्धानमा ध्यान केन्द्रित हुदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रविधिको उच्चतम् प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ ।

पैत्रिक धनको प्रयोग मार्फत कृषि क्षेत्रमा लगानी गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सामाजिक काम गरी ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । पढाईमा मन जानेछ भने प्रविधिको प्रयोग गर्न सकिनेछ ।

माया प्रेमको डोरो कसिलो भएर जानेछ । कृषि तथा पशुपालन क्षेत्रमा लगानी बढाई आम्दानी बढाउन सकिनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

कार्यक्षेत्रमा केहि कमि कमजोरी बाहिरीनाले ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । आध्यात्मिक क्षेत्रमा चासो बढ्नेछ ।

पढाई लेखाईमा आफ्नै कमजोरिले नतिजा अरु तिरै जानेछ । सरकारी तथा प्रशासनिक काममा ढिला सुस्तिको कारणले अन्य काम प्रभावित हुनेछन् । व्यापारमा मन्दी आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापारमा लगानी गरे पनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दा पनि अरुकै काममा समय व्यतित हुनेछ ।

महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्य हरुसँग राय बाजिनेछ ।

माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । पढाई लेखाईमा मन नजाँदा अरु भन्दा पछि परिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफन्त तथा प्रियजनसँगको भेटघाटले दिन रमाईलो सँग बिताउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथीको सहयोगले राम्रा हुनेछन् ।

व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । अध्ययनमा प्रविधिको प्रयोग गर्नुहोला । आफ्नै मिहेनतले जीवन शैलीमा उल्लेख्य परिवर्तन गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

विद्या तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

पुराना थाति रहेका कामहरु सम्पादन हुनेछन् । तर पनि काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

शरीर अस्वस्थ नहुनाले दैनिक कामहरु गर्न सकिने अवस्था रहने छैन । भौतिक सम्पत्ती तथा विलाशी वस्तु उपहारको रुपमा प्राप्त हुने भए पनि टरेर जानेछ ।

व्यापारमा मन्दी आउने तथा नयाँ ठाउँमा लगानी नगर्नु नै राम्रो हुनेछ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले बाध्यताबस छुट्टिनु पर्ने अवस्था आउनेछ ।

सन्तान तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अन्य व्यापार व्यवसायमा मन्दी आएपनि कृषि क्षेत्रसँग सम्बन्धीत व्यवसायबाट आम्दानी गर्न सकिनेछ ।

आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । प्रेममा आजको दिन नजिक नहुँदा नै राम्रो हुनेछ ।

राजनीति तथा समाजसेवामा समय लगानि गर्दै हुनुहुन्छ जनताको काम गर्न नसक्दा आलोचना सुन्नुपर्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आँटिला तथा पुरुषार्थी काम गरी नाम कमाउन सकिनेछ । मन परेको मानिसबाट सहयोग पाईनेछ ।

सामाजिक काम गरी जनताको समर्थन जुटाउन सकिनेछ । आफ्ना भावनाहरु सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत जनमानसमा लैजान सकिनेछ ।

लेखेरै नाम तथा दाम दुवै कमाउन सकिनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?