१० हजार भन्दा धेरै स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

काठमाडौं । ईरानमा लगातार कोरोना भाइरसको प्रकोप बढीरहेको छ । यसैबीच ईरानमा १० हजार भन्दा धेरै स्वास्थ्यकर्मीलाई नै कोरोनाको संक्रमण भएको छ ।

स्थानीय मिडियाले बिहीवारमात्र स्वास्थ्य उपमन्त्री कासिम जानबाबाईलाई उधृृत गर्दै ईरानमा १० हजार भन्दा धेरै स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको बताएका हुन् ।

ईरानमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ७ हजार ३०० जनाको मृत्यु भईसकेको छ भने १ लाख ३१ हजार ६५२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ५१ जनाको मृत्यु भईसकेको छ भने आजै २ हजार ३११ जना नयाँ संक्रमित थपिएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?