काठमाडौं । कैलालीको धनगढीबाट दुईवटा कार चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङको तुल्सीपुर स्थित न्युरोड टोल घर भई हाल धनगढी उपमहानगरपालिका १ बसन्तटोलका नबिन सार्की रहेको प्रहरीले जनाएको छ ।
अभियुक्तले जेठ ३ गते राति धनगढी उपमहानगरपालिका ४ स्थित उत्तरवेहडी बस्ने राजेन्द्र बहादुर मल्लको घर अगाडि राखेको बा ८ च २१०० नम्वरको कार र जेठ ७ गते रविन्द्र भट्टको बा १४ च ४७८१ नम्वरको कार्र चोरी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया