काठमाडौं । बिहीवार क्रिमसन अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित गुल्मी मदाने गाउँपालिका पुर्कोटदहका शिक्षकको शव उठाईएको छ ।
सेना र प्रहरीले बल प्रयोग गरेर शुक्रबार शव उठाएका हुन् ।
तर मृतकका आफन्तले भने जवरजस्ती शव उठाएको भन्दै असन्तुष्टि जनाएका छन् ।
मृतककी श्रीमतीले अस्पतालको लापरवाहीले श्रीमानको ज्यान गएको भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा छानविनको माग सहित निवदेन दिने तयारी गरेकी छन् ।
मृतकका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै छानविन नभएसम्म शव नबुझ्ने अडान लिदै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया