नेपालका ४० जिल्लामा फैलियो कोरोना, कुन जिल्लामा कति ? (विवरणसहित)

काठमाडौं । नेपालका कुल ७७ वटा जिल्ला मध्ये ४० वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

४ महिनाको अवधिमा सातै वटा प्रदेशमा कोरोना संक्रमणको प्रकोप फैलिएको छ ।

नेपालमा आज (शुक्रवार) थपिएका ५० जना संक्रमित सहित ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

साथै नेपालमा अहिलेसम्म ७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

यी हुन् नेपालमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका ४० जिल्लाहरूको विवरणः
पर्सा ९१
रुपन्देही २९
उदयपुर ३३
कपिलवस्तु ६९
बाँके ११५
काठमाडौं १२
धादिङ २
कैलाली ७
बारा ४
धनुषा ९
रौतहट २२
वाग्लुङ २
चितवन ५
झापा ३५
महोत्तरी ३
भक्तपुर ३
बर्दिया २
भोजपुर १
कञ्चनपुर १
नवलपरासी (पश्चिम) ६
सप्तरी १
सर्लाही १९
नवलपरासी (पूर्व) २
मकवानपुर २
दाङ ५
काभ्रे १
सिरहा १
सिन्धुपाल्चोक १
मोरङ ५
धनकुटा ७
गुल्मी १
खोटाङ १
दैलेख १
सुनसरी ३
ललितपुर १
लमजुङ १
रामेछाप १
सिन्धुली १
डडेलधुरा १
बैतडी १
जम्मा ५०७

आज सम्मको विवरण हेर्दा गत वर्षको माघ ९ गतेदेखि यस वर्षको जेठ ९ गतेसम्म ५ सय ७ जनालाई संक्रमण पुष्टि भएको छ ।

नेपालमा देखिएको पहिलो केसको स्वाब परीक्षणका लागि हङ्कङ पठाइएकोमा अहिले भने स्वास्थ्य सामाग्रीहरु ल्याइएपछि नेपालमै परीक्षण हुन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?