काठमाडौं । नेपालमा आज (शुक्रवार) मात्रै ५० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज विहान ३० र स्वास्थ्य मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङ मा २० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ५०७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार संक्रमित हुनेमा कैलालीका १९, २३ र २६ वर्षीय ३ जना पुरुषहरु रहेका छन् । उनीहरु जिल्लाको सरस्वती माबिको क्वारेन्टाइनमा रहेका थिए ।
त्यस्तै अर्का संक्रमित डडेलधुराका २८ वर्षीय पुरुष रहेका छन् । उनको डडेलधुरा अस्पतालमा गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै कोरोना संक्रमित हुनेमा बैतडीका २२ वर्षीय पुरुष रहेका छन् ।
उनको बैतडी अस्पतालमा गरिएको परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै बाँकेका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा १३ जना बाँके नरैनापुरका १३ जना पुरुष तथा राप्ती सोनारीका १८ वर्षीय युवक रहेको मन्त्रालयले जनाएको छ । बाँकेमा आजै थपिएका १४ संक्रमितहरु १८ देखि ६१ वर्ष उमेर समुहका रहेका छन् ।
त्यस्तै मन्त्रालयले दिएको जानकारी अनुसार मोरङका २१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि आजै नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रवार बिहान थपिएका कोरोना संक्रमितहरु नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केसरबाघ, चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला, नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३ र १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीया महिला, कपिलवस्तु वाणगंगा नगरपालिका मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुष तथा ८ वर्षीया बालिका रहेका छन् ।
त्यस्तै सर्लाही गोडैता नगरपालिका ८,९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी वर्ष २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ का पुरुष र १८ वर्षीया महिला रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा आज मात्रै ५० जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ सय ७ पुगेको छ ।
हालसम्म ७० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको अवस्थामा ३ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया