अमेरिकामा तीन दिनसम्म झन्डा आधा झुकाइने

काठमाडौं । अमेरिकाले आगामी तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने भएको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारीका कारण देशमा अहिलेसम्म ९६ हजार भन्दा धेरैको मृत्यु भईसकेकोले मृतकको शोकमा अमेरिकाको राष्ट्रिय झन्डा आगामी तीन दिन झुकाइने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले बिहीवार एक ट्वीट गर्दै कोरोना भाइरसको कारण अमेरिकामा मृत्यु हुनेहरुको शोकको रुपमा संघीय इमिरेट र राष्ट्रिय स्मारकमा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने आदेश दिएका हुन् ।

अमेरिकामा यो समाचार तयार पार्दासम्म ९६ हजार ३६३ जनाको मृत्यु भईसकेको छ भने १६ लाख ३१ हजार ३३३ जनालाई संक्रमण भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?