मन्त्रीपरिषद् बैठक सकियो, संविधान संशोधनका विषयमा के भयो निर्णय ?

काठमाडौं । शुक्रवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठक सकिएको छ ।

बैठकले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभा(संसद)मा लैजाने निर्णय गरेको छ ।

नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको स्रोतले बताएको छ ।

संविधानको धारा ९ को उपधारा २ संशोधन हुने बताइएको छ ।

यसअघिको नक्सामा उक्त निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश गरिएको छैन् ।

नेपालको अतिक्रमित भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरासहित समेटेर नक्सा जारी गरेको छ ।

नेपालको निशान छापमा नयाँ भूभागहरु समेटिएको नक्सा राख्नको लागि संविधान संशोधन गर्नुपर्ने हुन्छ ।

प्रतिनिधि सभाको बैठक आगामी जेठ १३ गतेको लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?