राष्ट्रियताका सवालमा कांग्रेस सधैँ सरकारको साथमा छ: प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम युवा नेता प्रदीप पौडेलले घरेलु राजनीतिमा हजारौ‌ं विमति रहेतापनि राष्ट्रियताका सवालमा कांग्रेस सधैँ सरकारको साथमा रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै नेता पौडेलले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकारले डटेर अडान लिनु पर्नेमा समेत जोड दिएका छन् । उनले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सधैँ कांग्रेस सरकारको साथमा रहने बताए।

साथै नेपाल सरकारले जारी गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्साका विषयमा भारतीय मिडियाहरुले गरेको टिप्पणीप्रति आपत्ती जनाएका छन् ।

“घरेलु राजनीतिमा सरकार र प्रधानमन्त्रीसङ्ग हजारौं विमती होलान् तर राष्ट्रिय स्वाधीनताको रक्षाको मामलामा हामी सरकारसँगै छौं। सरकारले डटेर अडान लिनैपर्छ, हामी साथमा छौं । केही भारतीय मिडियाको सनसनीपूर्ण शैली खेदजनक छ। मिडियाले पत्रकारिता सिक्नै बाँकी रहेको दृश्य टिठलाग्दो हुनेरहेछ।” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?