मन्त्रीपरिषद् बैठक शुरु, संविधान संशोधनबारे छलफल हुने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा नयाँ नक्सा जारी पछिका कानूनी पाटाहरु मिलाउने साथै लकडाउनको कारण विदेशमा अलपत्र परेका र नेपाल आउन लागेका मानिसको व्यवस्थापन गर्ने बारे कुरा हुने स्रोतले बताएको छ ।

स्रोतका अनुसार संविधान संशोधनको विषयमा पनि छलफल हुने पनि बताइएको छ । सरकारले लिम्पिुयाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा जारी गरेसँगै सरकारलाई त्यसको कानूनी प्रावधान मिलाउने लगायतका चुनौती थपिएको छ ।

साथै सरकारले जारी गरेको नयाँ नक्सा कार्यान्वयनका लागि संविधान संशोधन गर्नुपर्ने बाध्यता छ। अघिल्लो मन्त्रिपरिषदको बैठकले सुगौली सन्धी अनुसारको नेपालको अन्तराष्ट्रिय सीमा कायम गर्दै नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो।

त्यसपश्चात प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा राखिएको निशान छापभित्र रहेको नेपालको नक्सा परिवर्तन गरेर नयाँ सार्वजनिक नक्सा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न संसदमा प्रस्ताव आउने जानकारी दिएका थिए।

आज लकडाउनको ६० औँ दिन पुगिसकेको छ । जसको कारण नारिकहरुमा धेरै समस्याहरु थपिएका छन् । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धमा कुरा गर्ने बनाउने विषयमासमेत छलफल हुने स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?