आज थपिएका संक्रमितमध्ये १५ जना सर्लाहीका मात्रै

काठमाडौं । सर्लाहीमा आज मात्रै थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सर्लाहीमा कुल संक्रमितको संख्या २० पुेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज भेटिएका संक्रमितहरुसर्लाही गोडैता नगरपालिका ८,९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी वर्ष २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ का पुरुष र १८ वर्षीया महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यो समाचार तयार पार्दासम् नेपालमा ४८७ जनालाई कोरोना संक्रमण भएको छ भने ४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् । त्यस्तै ३ जनाको मृत्यु भएको छ ।

Image may contain: text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?