धादिङ । सामाजिक सुरक्षा भत्ता लिन बैंक गएका एक वृद्धको मृत्यु भएको छ ।
गंगाजमुना गाउँपालिका–४ ठकुरीडाँडाका ८३ वर्षीय रामबहादुर गुरुङ घरबाट तीन घण्टा टाढाको फुलखर्कस्थित
एसबीआई बैंकमा लाइन बसेका बेला बेहोस् भएर ढलेका थिए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
दमका बिरामी उनलाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया