झापामा ४ दिनमा ३३ कोरोना संक्रमित भेटिए

झापाको कचनकवलमा चार दिनको अवधिमा ३३ जना कोरोना संक्रमित भेटिएका छन् । भारतको मुम्बईदेखि फर्किएका ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै झापामा संक्रमितको संख्या ३५ पुगेको छ । यसअघि दमक र बाह्रदसीका दुईजना संक्रमित निको भएर घर
फर्किसकेका छन् ।
सोमबार एक, मंगलबार नौ, बुधबार १५ र बिहीबार आठजना गरी ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए । सबै खुला सीमाबाट लुकेर नेपाल प्रवेश गरेका थिए ।

भारतमा लकडाउन खुकुलो भएपछि जेठ सुरु भएयता उनीहरू स्वदेश फर्किएका थिए । कतिपयलाई भारतीय प्रहरीले नै सीमासम्म ल्याइदिएको कचनकवल गाउँपालिका अध्यक्ष अञ्जार आलम बताउँछन् । तर, सीमामा आएर नेपाल प्रवेश गरेका उनीहरू समुदायसम्म आइपुग्न नपाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख उपरीक्षक (एसपी) कृष्ण कोइरालाले बताए । नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?