कोरोनालाई जितेका यी तीन देश, जहाँ ५ जना भन्दा कम छन् संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमण अहिलेसम्म आइपुग्दा विश्वका २१० वटा देशमा फैलिसकेको छ ।

अहिलेसम्म विश्वमा कोरोना भाइरसको महामारी यतिबेला विश्वमै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ३३ हजार ९७६ जनाको मृत्यु भईसकेको छ भने ५१ लाख ८६ हजार ८३७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २० लाख ६८ हजार ७१० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ६०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । तर आज हामी तपाईलाई विश्वमा ५ जना भन्दा कम संक्रमित भएका देशहरुको बारेमा जानकारी दिनेछौँ ।

३. एन्गुइला

एन्गुइलामा अहिलेसम्म ३ जनालाई संक्रमण भएको छ । त्यहाँ ३ जना नै उपचार पछि निको भएका छन् ।

२. लेसोथो

लेसोथोमा अहिलेसम्म १ जनालाई संक्रमण भएको छ । त्यहाँ संक्रमितको उपचार भईरहेको छ ।
१. सेन्ट पेइर मिकेलन

सेन्ट पेइर मिकेलनमा अहिलेसम्म एक जनालाई संक्रमण भएको छ भने संक्रमित उपचार पछि निको भईसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?