कोरोना भाइरसको संक्रमण अहिलेसम्म आइपुग्दा विश्वका २१३ वटा देशमा फैलिसकेको छ । अहिलेसम्म विश्वमा कोरोना भाइरसको महामारी यतिबेला विश्वमै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ३३ हजार ९७६ जनाको मृत्यु भईसकेको छ भने ५१ लाख ८६ हजार ८३७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २० लाख ६८ हजार ७१० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ६०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । तर आज हामी तपाईलाई विश्वमा ९ जना भन्दा कम संक्रमित भएका देशहरुको बारेमा जानकारी दिनेछौँ ।
९.एमएस ज्यान्डम
एमएस ज्यान्डममा अहिलेसम्म ९ जना कोरोना संक्रमित रहेका छन् । ९ संक्रमित मध्ये त्यहाँ २ जनाको मृत्यु भईसकेको छ र ७ जनाको उपचार भईरहेको छ ।
८. ब्रिटिश भर्जिन आइसल्याण्ड
ब्रिटिश भर्जिन आइसल्याण्डमा अहिलेसम्म ८ जना कोरोना संक्रमित रहेका छन् । त्यहाँ १ जनाको मृत्यु भईसकेको छ भने ६ जना उपचार पछि निको भएका छन् । त्यहाँ १ जनाको उपचार चलिरहेको छ ।
७. पपुवा न्यु-गुयना
पपुवा न्यु-गुयनामा अहिलेसम्म ८ जनालाई कोरोना संक्रमण भएको छ । र संक्रमित सबै उपचार पछि निको भएका छन् ।
६. क्यारेबियन नेदरल्याण्ड्स
क्यारेबियन नेदरल्याण्ड्समा अहिलेसम्म ६ जनालाई संक्रमण भएको छ । त्यहाँ सबै संक्रमितहरु उपचार पछि निको भएका छन् ।
५. एसटी बार्थ
एसटी बार्थमा पनि ६ जनालाई संक्रमण भएको छ । र सबै उपचार पछि निको भएका छन् ।
४. वेस्ट्रन सहारा
वेस्ट्रन सहारामा पनि ६ जनालाई नै संक्रमण भएको छ । त्यहाँ ६ जना नै उपचार पछि निको भएका छन् ।
३. एन्गुइला
एन्गुइलामा अहिलेसम्म ३ जनालाई संक्रमण भएको छ । त्यहाँ ३ जना नै उपचार पछि निको भएका छन् ।
२. लेसोथो
लेसोथोमा अहिलेसम्म १ जनालाई संक्रमण भएको छ । त्यहाँ संक्रमितको उपचार भईरहेको छ ।
१. सेन्ट पेइर मिकेलन
सेन्ट पेइर मिकेलनमा अहिलेसम्म एक जनालाई संक्रमण भएको छ भने संक्रमित उपचार पछि निको भईसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया