अमेरिकामा रोकिएन कोरोनाको प्रकोप : एकैदिन थपिए २५ हजार बढी संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला विश्वमै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ३३ हजार ९७६ जनाको मृत्यु भईसकेको छ भने ५१ लाख ८६ हजार ८३७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २० लाख ६८ हजार ७१० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ६०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसबाट अति प्रभावित देश अमेरिकामा यो समाचार तयार पार्दासम्म ९६ हजार २२० जनाको मृत्यु भएको छ भने १६ लाख १८ हजार ६८७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै अमेरिकामा बितेको २४ घण्टामा १ हजार २८४ जनाको मृत्यु भएको छ भने २५ हजार ९६४ जना संक्रमित थपिएका छन् ।

त्यस्तै त्यहाँ अहिलेसम्म ३ लाख ८१ हजार ७७४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने अमेरिकामा १७ हजार ८७५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्युयोर्कमा बितेको २४ घण्टामा ११४ जनाको मृत्यु भएको छ भने २ हजार ४९ जना संक्रमित थपिएका छन् ।

त्यहाँ अहिलेसम्म २८ हजार ८७२ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ६६ हजार २९८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्युजर्सीमा अहिलेसम्म १० हजार ८५२ ज्नाको मृत्यु भईसकेको छ भने १ लाख ५३ हजार ४४१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ बितेको २४ घण्टामा १०५ जनाको मृत्यु भएको छ भने १ हजार ३४५ जना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?