बितेको २४ घण्टामा विश्वमा १ लाख भन्दा धेरै संक्रमित थपिए

काठमाडौं । बितेको २४ घण्टामा विश्वमा १ लाख भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा विश्वभरमा १ लाख ३ हजार ४२६ जना नयाँ संक्रमित थपिएका हुन् ।

साथै बितेको २४ घण्टामा विश्वमा ४ हजार ७३७ जनाको मृत्यु भएको हो । बितेको २४ घण्टामा अमेरिकामा मात्र २५ हजार ९६४ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै रुसमा ८ हजार ८४९, ब्राजिलमा १६ हजार ७३० जना कोरोना संक्रमित थपिएका छन् ।

यसैबीच विश्वमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ३ लाख ३३ हजार ९७६ जनाको मृत्यु भईसकेको छ भने ५१ लाख ८६ हजार ८३७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २० लाख ६८ हजार ७१० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४५ हजार ६०७ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?