साउदीमा ६५ हजार नाघे कोरोना संक्रमित

काठमाडौं । साउदी अरबमा कोरोनाको कारण ३५१ जना मानिसको ज्यान गइसकेको छ । भने ६५ हजार ७७ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्रै साउदी अरबमा १२ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ भने आजै २ हजार ५ सय ३२ जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ३ लाख ३१ हजार ७ सय ३२ जना मानिसको मृत्यु भइसकेको छ । भने ५१ लाख ४१ हजार १ सय ४२ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या २० लाख ५१ हजार ४ सय ७ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?