काठमाडौं । विश्वमा कोरोनाको असर सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ९५ हजार ४ सय ९६ जना मानिसको ज्यान गइसकेको छ ।
बितेको २४ घण्टामा मात्र कोरोनाको कारण त्यहाँ ५ सय ६० जनाको ज्यान गएको र १० हजार ९ सय ८६ जनामा संक्रमण फैलिएको तथ्यांकले देखाएको छ । वल्डोमिटरको तथ्यांक अनुसार हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाख ३ हजार ७ सय ९ पुगेको छ ।
त्यस्तै हालसम्म ३ लाख ७१ हजार ७ सय ९५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १८ हजार १ सय ४९ जना मानिसको अवस्था गम्भीर रहेको छ ।
यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ३ लाख ३१ हजार ७ सय ३२ जना मानिसको मृत्यु भइसकेको छ । भने ५१ लाख ४१ हजार १ सय ४२ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या २० लाख ५१ हजार ४ सय ७ जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया