कुवेतमा १८ हजार ६ सय बढीमा कोरोना संक्रमण, कति पुगे मृतक ?

काठमाडौं । खाडी राष्ट्र कुवेतमा कोरोनाको कारण यो समाचार तयार पार्दासम्म १२९ जना मानिसको ज्यान गइसकेको छ, भने त्यहाँ १८ हजार ६ सय ९ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । साथै ती मध्ये ५ हजार २ सय ५ जना उपचारपछि निको भएको तथ्यांकले देखाएको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ३ लाख ३१ हजार ७ सय ३२ जना मानिसको मृत्यु भइसकेको छ । भने ५१ लाख ४१ हजार १ सय ४२ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या २० लाख ५१ हजार ४ सय ७ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?