कतारमा बितेको २४ घण्टामै १ हजार ५ सय बढीमा कोरोना संक्रमण

काठमाडौं । खाडी मुलुक कतारमा यो समाचार तयार पार्दासम्म ३८ हजार ६ सय ५१ जना मानिसमा कोरोना संक्रमण देखिएको र १७ जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ । त्यस्तै आज मात्र १ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण देखिएको छ । कतारमा आजे मात्र १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । कतारमा ७ हजार २ सय ८८ जना स्वास्थ्य लाभ पछि घर फर्केका छन् ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ३ लाख ३१ हजार ७ सय ३२ जना मानिसको मृत्यु भइसकेको छ । भने ५१ लाख ४१ हजार १ सय ४२ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या २० लाख ५१ हजार ४ सय ७ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?