६४ नेपालीले ज्यान गुमाएको बेलायतको यस्तो छ कोरोना सम्बन्धि तथ्यांक

काठमाडौं । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३६ हजार ४२ पुगेको छ । यस्तै नेपालीको बाक्लो बसोबास रहेको सो देशमा ६४ नेपालीले समेत कोरोनाकै कारण ज्यान गुमाएका छन् । उनीहरुमध्ये धेरैजसो पूर्व गोर्खा रहेका छन् ।

हालसम्म बेलायतमा कोरोनाबाट २ लाख ५० हजार ९ सय ८ जना संक्रमित भएका छन् । बेलायतमा २० लाख भन्दा बढीमा कोरोना परीक्षण गरिसकिएको छ । गएको २४ घन्टामा ६७ हजार ६ सय ८१ जनामा परीक्षण गरिएको छ ।

यसैबीच गएको २४ घन्टाभित्र बेलायतको अस्पातालमा थप ३ सय ३८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको तथ्यांकले देखाएको छ ।

यसैगरी २४ घन्टामा थप २ हजार ६ सय १५ जनामा कोरोना पोजिटिभ देखिएको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?