काठमाडौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना भाइरस (कोभिड १९) को महामारीले पार्ने असरबारे अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाएको छ ।
प्रतिष्ठानका अध्यक्ष एवम् पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले बिहीवार कोरोनाभाइरस रोकथाम उच्चस्तरीय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलमार्फत् प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएका हुन्।
कोरोनाबाट परेको असर तथा जीवनयापनमा समस्या परेकालाई नगद वा खाद्यान्न सहयोग, कोरोनाको परीक्षण दायरा वृद्धि गर्नुपर्ने, स्वास्थ्यकर्मीलगायत अग्रभागमा रहेर काम गर्नेलाई मनोबल बढाउन सुरक्षाको स्तर बढाउनुपर्नेजस्ता सुझाव प्रतिवेदनमा समेटिएको बताइएको छ ।
योजना आयोगका पूर्वउपाध्यक्षहरूसहित प्रतिष्ठानले गरेको अध्ययन प्रतिवेदनमा सरकारले तुरून्तै दुई खर्बको आर्थिक राहत प्याकेज ल्याउनुपर्ने उल्लेख छ।
प्रतिष्ठानका अध्यक्ष जोशीले राहत तथा आर्थिक प्रवर्द्धन प्याकेजको सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको बताएका छन्।
प्रतिष्ठानका अध्यक्ष जोशीको संयोजकत्वमा गठन भएको कोरोनाको असर अध्ययन समितिमा योजना आयोगका पूर्वउपाध्यक्षहरू पृथ्वीराज लिगल, जगदीशचन्द्र पोखरेल, गोविन्दराज जोशी, स्वर्णिम वाग्ले लगायतको उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया