घाँटी थिचेर छिमेकीको हत्या गर्ने पक्राउ

काठमाडौं । महोत्तरीमा घाँटी थिचेर छिमेकीको हत्या गर्ने पक्राउ परेका छन् । छिमेकीको घाँटी थिचेर हत्या गरेको अभियोगमा सोन्मा गाउँपालिका-३ रघुनाथपुर बस्ने २७ वर्षीय जयनाथ यादवलाई बिहीबार बिहान पक्राउ गरेको हो ।

सोही गाउँपालिका-७ सुन्दरपुर बस्ने ६७ वर्षीय दिपलाल यादवलाई जयनाथले सार्वजनिक पोखरीमा घाँटी थिचेर सोही पोखरीमा डुबाई मारे पछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?