काठमाडौं । कांग्रेस नेता अर्जुननरसिंह केसीको संरक्षकत्वमा रहेको यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टले नुवाकोटका विभिन्न स्थानीय तहका २० वटा स्वास्थ्य संस्थालाई ईन्फारेड थर्मोमिटर उपलब्ध गराएको छ ।

विदुर नगरपालिका ,बेलकोटगढी नगरपालिका तारकेश्वर र लिखु गाउँपालिका भित्रका २० वटा स्वास्थ्य संस्थालाई ईन्फारेड थर्मोमिटर उपलब्ध गराइएको हो ।
गाउँपालिका र नगरपालिकाका २० स्वास्थ्य संस्थालाई तारकेश्वरको गोर्स्याङ बेलकोटगढीको जिलिङ लिखुको सुर्यमति पुगी ट्रष्टका अध्यक्ष डाक्टर केदारनरसिंह केसीले डिजिटल थर्मोमिटर र मास्कहरु हस्तान्तरण गरेको ट्रष्टका महासचिव एवं नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।

उक्त अवसमा महासचिव केसीले कोभिड १९ का विरुद्ध सम्पूर्ण विश्व मानव एक भएर लडनु पर्ने र यस्तो परिस्थितिमा कसैले पनि राजनैतिक आस्था भन्दा माथि उठेर जनताको सेवा गर्नु पर्ने बताए । उनले । बाँकी गाउँपालिकाका स्वास्थचौकी र उपस्वास्थचौकीहरुमा पुनः डिजिटल थर्मामिटर बितरण गरिने बताए ।

यसैबीच कांगेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री केसीले बिहिबार त्रिशूली अस्पतालमा गरिएको कोरोनाको तीब्र परीक्षणमा केहीमा पोजेटिभ देखिएपछि जिल्लाभित्र कोरोना संक्रमण रोकथाम र नियन्त्रण सम्बन्धी पूर्वतयारीको अवस्थाका बारेमा गाउँपालिकाका अध्यक्षहरुसँग जानकारी लिएका छन् ।
नेता केसीले कोरोना संक्रमण बढ्दै गईरहेका बेला जिल्लाको बिभिन्न गाविस प्रमुखहरुसँग भेटी स्वास्थ्य संस्थाको पूर्बतयारीको अवस्था, नागरिकको जीवन रक्षाको सवालसँग जोडिने भएकाले जिम्मेवारीबोधका साथ क्रियाशिल रहन सम्बन्धितलाई सुझाव दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया