थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बाँके र कपिलबस्तुका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ ।

भेरि अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा बाँके नरैनापुर ३ निवासी ३२ वर्षीय पुरुष, बाँकेकै खजुरा ३ निवासी ४२ वर्षीय महिला र कपिलवस्तु सुद्धोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुष रहेका छन् ।

हालसम्म उनीहरुको अवस्था सामान्य रहेको साथै उनीहरु स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा आजमात्रै २९ जना कोरोना संक्रमण देखिएको छ ।

नेपालमा हालसम्म ४९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ जनाको कोरोनाको कारण ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?