कोरोना अपडेट : यस्तो छ विश्वमा महामारीको पछिल्लो अवस्था

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ३० हजार ४०० जनाको मृत्यु भईसकेको छ भने ५१ लाख १९ हजार ४१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २० लाख ४२ हजार ९४८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ६९३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ९४ हजार ९८८ जनाको मृत्यु भईसकेको छ भने १५ लाख ९४ हजार ७१५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ लाख ७० हजार ९७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार ८१५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १ हजार ९९२ जना नयाँ संक्रमित थपिएका छन् भने ५२ जनाको मृत्यु भएको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म २७ हजार ८८८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७९ हजार ५२४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९६ हजार ९५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै कोरोना भाइरसको महामारीका कारण ग्रस्त बनेको बेलायतमा यो समाचार तयार पार्दासम्म ३५ हजार ७०४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४८ हजार २९३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ९९ जनाको मृत्यु भएको छ भने ३ लाख १७ हजार ५५४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९२ हजार ६८१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १२७ जनाको मृत्यु भएको छ भने ८ हजार ८४९ जना संक्रमित थपिएका छन् ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३२ हजार ३३० जनाको मृत्यु भईसकेको छ भने २ लाख २७ हजार ३६४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ३२ हजार २८२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६७६ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २८ हजार १३२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८१ हजार ५७५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६३ हजार ३५४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ७९४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार २७० जनाको मृत्यु भएको छ भने १ लाख ७८ हजार ५३१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ५६ हजार ९०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म महामारीका कारण १९ हजार ३८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९४ हजार १५२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख १६ हजार ६८३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार २२२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५२ हजार ५८७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख १३ हजार ९८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार २४९ जनाको मृत्यु भईसकेको छ भने १ लाख २९ हजार ३४१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ५६४ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ६५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज ३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै चीनमा अहिलेसम्म ८२ हजार ९९७ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३४ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ७८ हजार २४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ४५६ जनाको मृत्यु भईसकेको छ भने १ लाख १३ हजार ३२१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै १ हजार २९३ जना नयाँ संक्रमित थपिएका छन् भने आजै भारतमा २२ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ४५ हजार ९०० जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ६ हजार ३१ जनाको मृत्यु भईसकेको छ भने ७९ हजार ११२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४० हजार ७७६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण ३ हजार २४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४ हजार २० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४१ हजार ९६८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८६९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार १८६ जनाको मृत्यु भईसकेको छ भने ५६ हजार २३५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १४ हजार ९८८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ३६ जनाको मृत्यु भएको छ भने २५२ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ७७५ जनाको मृत्यु भईसकेको छ भने ४४ हजार ७०० जनालाई संक्रमण भएको छ । त्यहाँ २७५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २७ जनाको मृत्यु भएको छ भने २५३ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै मेक्सिकोमा आज मात्रै २ हजार २४८ जना नयाँ संक्रमित थपिएका छन् भने आजै ४२४ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै त्यहाँ ५६ हजार ५९४ जनालाई संक्रमण भएको छ भने ६ हजार ९० जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ३८ हजार ८७६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विट्जरल्याण्डमा कोरोना महामारीका कारण अहिलेसम्म १ हजार ८९३ जनाको मृत्यु भईसकेको छ भने ३० हजार ६९४ जनालाई संक्रमण भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने ३६ जना नयाँ संक्रमि थपिएका छन् ।

त्यहाँ २७ हजार ८०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इक्वेडरमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ८८८ जनाको मृत्यु भईसकेको छ भने ३४ हजार ८५४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ हजार ५५७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १९१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पोर्चुगलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार २७७ जनाको मृत्यु भईसकेको छ भने २९ हजार ९१२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६ हजार ४५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै २५२ जना नयाँ संक्रमित थपिएका छन् भने १४ जनाको मृत्यु भएको छ ।

त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ८७१ जनाको मृत्यु भईसकेको छ भने ३२ हजार १७२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ हजार ९७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ६४९ जना नयाँ संक्रमित थपिएका छन् भने ४० जनाको मृत्यु भएको छ ।

विश्वमा बितेको २४ घण्टा यता मात्रै यो समाचार तयार पार्दासम्म १ हजार १६१ जनाको मृत्यु भईसकेको छ भने ३५ हजार ६३० जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या ४५३ पुगेको छ भने ४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?